जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड ५८ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड ५८ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्दश्येले खोलिएको बैंकले अहिलेसम्म कुल ८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकले गत कात्तिक १५ गते तीन अर्ब रुपैयाँको लगानी सम्झौता गरे पनि कर्जा किस्ता किस्तामा प्रवाह हुनेछ।

कर्जा लगानी नहुँदा बैंकले अन्य बैंकहरुलमा ७ अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेर राखेको छ। त्यस्तै ५ अर्ब ७३ करोड रुपैयाँ नगदको रुपमा रहेको जनाएको छ। शेयरमा १२ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ।

१२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पूँजीलाई नै बैंकमा जम्मा गरेर ३१ करोड ७९ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो।

बैंकले तीन महिनाको अवधिमा ५ करोड रुपैयाँ निक्षेप बढाउँदै २५ करोड रुपैयाँ पुर्याएको हो। पुर्वधारमा लगानी गर्ने भनिए पनि बैंकले आयोजना फेला पार्न नसक्दा आफुसँग भएकै पूँजी बैंकमा जम्मा गरेर राख्नु पर्ने अवस्था आएको हो

8855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका