

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ । सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।