जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कति बीमा कम्पनी चाहिन्छ भन्ने कुरा नियमावलीबाटै प्रष्ट खुलाइनुपर्छः अध्यक्ष सिलवाल

कति बीमा कम्पनी चाहिन्छ भन्ने कुरा नियमावलीबाटै प्रष्ट खुलाइनुपर्छः अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मनलाग्दी बीमा कम्पनीहरुको लाइसेन्स वितरण गर्ने अभ्यासलाई नयाँ बन्ने नियमावली मार्फत व्यवस्थित गरिनुपर्ने बताउनुभएको छ ।

समितिले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले अब नेपाली बजारमा कति वटा बीमा कम्पनी चाहिन्छ भन्ने कुरालाई नियमावलीबाटै प्रष्ट खुलाइनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नियमावलीले कानुनी बाटो बनाइदिनु पर्यो ताकी सबैले त्यहि बाटोमा टेकेर काम गर्न सकुन् ।’ नेपालमा कति वटा बीमा कम्पनी भए पुग्छ भन्ने विषयमा अध्ययन नै नगरी कहिले लाइसेन्स दिने कहिले मर्जरको नीति लिएको विषयमा बीमकहरुले विरोध गरेपछि अध्यक्ष सिलवालले यस विषयमा कानुननै आवश्यक परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कति वटा बीमा कम्पनी चाहिन्छ भन्ने कुराको छिनोफानो एक दुई वटा कम्पनीहरु मर्जर गरेर मात्रै थाहा हुँदैन । हामीले तथ्याङ्कलाई हेर्नु पर्छ ’ उहाँले भन्नुभयो,‘ हामीलाई तथ्याङ्कले भन्नु पर्यो नेपालको बजारमा मर्जर पछि कायम हुने कम्पनीहरु प्रयाप्त छ या छैन ।’

बीमा नियमावलीको मस्यौदा बीमा समिति आफैले तयार पारिरहेको छ । खासमा नियमावली बनाउने काम मन्त्रालयकै हो । साथै नियमावली मन्त्रालयबाटै पारित भएर आउनुपर्छ ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका