जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा बिहिबार सभा सम्पन्न भएको हो ।

उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै, कम्पनीको वार्षिक लेखा परिक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

यस सभाबाट कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुमा क्रमश कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुमा क्रमश डा. हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?