जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

प्रभु बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

प्रभु बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका ७ संस्थापकले आफ्नो स्वामित्त्वको कुल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बेच्दैछन्। जसमध्ये संजय कुमार मोरले ३८ हजार २८६ कित्ता बेच्दैछन्। श्रवणकुमार अग्रवाल र राजेश कुमार अग्रवालले बराबर ५९ हजार ७५९ कित्ता बेच्न लगेका हुन्।

त्यसैगरी भोज कुमार सिटौलाले ३३ हजार १८ कित्ता, सुचित्र मान शाक्यले ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यले ८६ हजार ४६८ कित्ता बेच्दैछन्। सर्वाधिक बिक्रीका लागि बिनिता अधिकारीले निवेदन दिएकि हुन्। उनले २ लाख कित्ता बेच्दैछिन्।

बिक्रेताहरुले अपेक्षित मूल्य पनि निर्धारण गरेर निवेदन पेश गरेका छन्। मूल्य १२५ रुपैयाँदेखि १५० रुपैयाँ प्रति कित्ताको दरभाउमा छ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्र सेयर खरिद गर्न सक्नेछन्।

बैंकले ३५ दिने म्याद सहितको सूचना सार्वजनिक गरेको छ। उक्त अवधिभित्र सेयर बिक्री नभएर साधारण लगानीकर्ता र संस्थाहरुको लागि आव्हान हुने जनाएको छ।

बैंकले बिहिबार सूचना निकालेको हो। इच्छुक संस्थापकले म्याद अवधिभित्र किन्न चाहेको सेयर कित्ता र आशय मूल्य सहितको निवेदन पेश गर्नुपर्नेछ। निवेदन बैंकको प्रधान कार्यलयमा बुझाउनुपर्नेछ।

3215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?