जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ समितिले धितोपत्र बोर्डलाई भन्यो- ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनू

अर्थ समितिले धितोपत्र बोर्डलाई भन्यो- ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनू

प्रतिनिधि सभाको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन स्वीकृति दिएको छ । मंगलबारको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग सदस्य (सांसद)हरुले प्रश्न गरेपछि समितिले मापदण्ड पूरा गरेकालाई लाइसेन्स दिन स्वीकृति दिएको हो । समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ । बैठकपछि ‘जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने’ निर्णय समितिका सदस्यले सुनाएका छन् ।

त्यस्तै धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन पनि अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

यसअघि सांसदहरुले विवरण माग्दामाग्दै धितोपत्र बोर्डले ब्रोकरलाई लाइसेन्स दिएको भन्दै यसमा शंका गर्ने धेरै ठाउँ रहेको बताएका थिए । धितोपत्र बोर्डले प्रतिस्पर्धाको नाममा लाइसेन्स बाँड्दा मापदण्ड पूरा नगरेको भए कानुनी उपचार खोजिने चेतावनी उनीहरुले दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थ समितिका सदस्य डा. स्वर्णिम वाग्लेले लाइसेन्स दिने नाममा बदमासी गरेको भए मुद्दा मामिला लाग्ने र जेलसमेत जान सक्नेतर्फ सचेत गराएका थिए ।

जवाफमा धितोपत्र बोर्डका अध्यक्ष हमालले आफूले कुनै गलत मनसाय नराखी काम गरेको र गल्ती भएको खण्डमा कारबाही गर्ने निकाय रहेकोमा आफू जानकार रहेको प्रस्टोक्ति दिए ।

व्यवस्थापन समितिले कागजात संकलन गरेपछि बोर्डले आशयपत्र दिने र ३० दिनभित्रमा सबैलाई लाइसेन्स दिनुपर्ने भएकाले समितिले पत्र पठाए पनि समय अभावका कारण लाइसेन्स वितरण गरिएको प्रस्टीकरण उनले दिए ।

1140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका