जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मारुती सिमेन्टका सञ्चालकसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मारुती सिमेन्टका सञ्चालकसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कमसल सिमेन्ट बेचेको कसुरमा मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगीसम्बन्धी कसुरमा राठीसहित उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ अनुमति लिएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साह छन् ।

बिजनेस डाइरेक्टर ज्योति शर्मा भने पक्राउ परेका छन् । उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो ।

प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीका अनुसार राजविराज नगरपालिका घर भएका पत्रकार दिवाकर साहले उनीहरूविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै साहले उनीहरूविरूद्ध जाहेरी दिएको कार्कीले जानकारी दिए ।

‘जिल्ला सरकारी वकिलको कार्यालयबाट पक्राउ पुर्जी जारी भएपछि हामीले शर्मालाई पक्राउ गरिसकेका छौं,’ उनले भने, ‘बाँकी खोजी सूचीमा छन् ।’

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ कराेड ४० लाख रुपैयाँकाे व्यापार गरेकाे थियाे । त्यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ६३ कराेड १० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ५० कराेड ४० लाख रुपैयाँकाे व्यापार गरेका थिए ।

 

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका