जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भक्तपुरको गट्ठाघरमा खुल्यो सीजी डिजिटलको २३औँ शोरुम

भक्तपुरको गट्ठाघरमा खुल्यो सीजी डिजिटलको २३औँ शोरुम

चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा भव्य मल्टी ब्रान्ड शोरुम सीजी डिजिटलको २३औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ।

भक्तपुरका समाजसेवी तथा पूर्वमन्त्री महेश बस्नेतले आज असार २० गते रिबन काटेर यो शोरुमको उद्घाटन गरेका हुन्। सीजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु LG, CG, TCL, Godrej, Sensei, Midea, Beko, Black±Decker, Kent, Elica, Pigeon, Crompton लगायतका विभिन्न घरायसी विद्युतीय सामग्री जस्तै– LED TV, Washing Machine, Refrigerator, Micro Wave Oven, Vacuum Cleaner, Dishwasher, Air Purifier, Music System, Rice Cooker, Mixture Grinder, Smart Domestic Appliances, Smart Home Appliances लगायत रहनेछन्। ग्राउन्ड फ्लोरको २२५० स्क्वायर फिट एरियामा बनेको यस सीजी डिजिटलको शोरुम, गट्ठाघरचोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ। जहाँ निःशुल्क पार्किङको पनि व्यवस्था रहेको छ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रीवितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित यो शोरुम सञ्चालन गरिएको छ। दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी पनि लिन सकिनेछ। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७ः३० बजेसम्म सञ्चालन हुने छ।

ग्राहकका लागि अन्य थप जानकारी चाहिएमा फोन नम्बर ०१–५९१३१८२ र ०१–५९१३१८३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

भक्तपुरको गट्ठाघरमा खोलिएको सीजी डिजिटल शोरुममा ओपेनिङको बिशेष छुट, शून्य प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टहरुका साथै एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ। यसका साथै प्रडक्ट लाइभ डेमो, कुकिङ कलास र  प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिसको पनि व्यवस्था गरिएको छ।

चौधरी ग्रुपले काठमाण्डौलगायत काठमाण्डौबाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सीजी डिजिटल शोरुम सञ्चालन गरिसकेको छ। योसँगै भक्तपुरको गट्ठाघरमा खोलिएको सीजी डिजिटल शोरुम अब २३औँ शाखा रहनेछ। आगामी दिनमा अझै धेरै शाखा देशका विभिन्न सहरमा विस्तार गरिने पनि कम्पनीले जानकारी दिएको छ।

1010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका