जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सको मुनाफा बढ्यो

शिखर इन्स्योरेन्सको मुनाफा बढ्यो

निर्जिवन बीमा कम्पनी मध्येको सबैभन्दा ठूलो कम्पनी शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज प्रकाशन गरेको छ । वित्तीय विवरणमा कम्पनीको मुनाफा ६.३९ प्रतिशतले बृद्धि भएको देखिएको छ भने बीमा कोष, महाविपत्ति कोष र जगेडा कोष समेत गरी झण्डै दुई अर्ब रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीले गत आवमा ६.३९ प्रतिशत मुनाफा बृद्धि गर्दै ४५ करोड १ लाख ८४ हजार ६४३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ३१ लाख ३६ हजार १५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको कूल चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क एक अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.८३ प्रतिशतले घटी हो । अघिल्लो वर्ष एक अर्ब २८ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनपछि सर्वसाधारणहरु घरबाट बाहिर निस्कन नपाएपछि बीमा व्यवसाय सहित सबै क्षेत्र प्रभावित भएको थियो । कोरोनाको सामान्य असर शिखर इन्स्योरेन्समा देखिएको छ ।

यद्यपि कूल बीमा शुल्क आर्जन भने बृद्धि भएको छ । कम्पनीको कूल बीमा शुल्क आर्जन .०६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा तीन अर्ब ५१ करोड ९३ लाख ३९ हजार ५६३ रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा गत आवमा तीन अर्ब ५२ करोड १६ लाख ५० हजार ७८६ रुपैयाँ आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले यस वर्ष कूल साढे तीन अर्बभन्दा बढिको बीमा कारोबार गर्न सफल भएको छ ।

10195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका