जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस्’

‘सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस्’

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट आउन लागेका बेला गभर्नर नभएको भन्दै तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘अहिले बजेट अधिवेशन हो। बजेट अधिवेशनका बेला मौद्रिक नीति र वित्तीय नीतिको पनि मूल्यांकन गर्ने बेलामा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भयो।’

खतिवडाले थपे, ‘तुरुन्त सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस्।’

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका