जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विपन्न वर्गको कर्जा माग पूर्ति गर्न कुमारी बैंकले विदेशी संस्थाबाट ल्यायो सवा अर्ब रुपैयाँ

विपन्न वर्गको कर्जा माग पूर्ति गर्न कुमारी बैंकले विदेशी संस्थाबाट ल्यायो सवा अर्ब रुपैयाँ

कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ। सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने भएको हो।

विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रदान गरी सशक्तिकरण गर्नकालागि यो कर्जा प्रयोग हुनेछ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका