जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ

नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्नेहरुलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ बूढानीलकण्ठ स्थितमा बिष्णु बहादुर गुरुङको २ तले पक्की घर भाँडामा लिई कार्यालय खोरेर ठगी गर्ने गिरोहलाई नै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. ९ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४७ जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका वडा नं.९ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४० को दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै, मकवानपुरका दिपेश गुरुङ भन्ने भिम भोलोन, जनसम्पर्क अधिकृत आकाश राई भन्ने मिलन तामाङ, कार्यालय सञ्चालक÷ शाखा अधिकृत पेम्बा तामाङ नाम बताउने फरार रहेका छन् ।

कार्यालयको प्रमुख÷उप–सचिव जयराम केसी, कार्यालय सञ्चालक÷शाखा अधिकृत पेम्बा तामाङ, जनसम्पर्क अधिकृत आकाश राई र प्राविधिक इन्जिनियर दिपेश गुरुङ नाम गरेका नेपाल सरकारका नक्कली कर्मचारीहरु खडा गरी केही कर्मचारीहरुलाई पछि नियुक्ती दिने गरी काममा लगाई विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटर प्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिका राजधानीमा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेका छन् ।

उनीहरुले छ करोड पचास लाखको विभिन्न खाद्यान्न खरिद सम्बन्धी कार्यक्रमको बोलपत्र आव्हान समेत गरेको पाइएको छ । यसै सन्दर्भमा सामान सप्लाईकर्तालाई आफ्नो समानको भुक्तानी नगरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुई लाख रुपैयाँ नगद बरामद गरिएको छ । यसमा साथै  नेपालको राष्ट्रिय झण्डाहरु,अन्तराष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप थान–१,अन्तराष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको लेटर प्याड थान–३, फायल रजिस्टर थान–१, हाजरी रजिष्टर थान–१, अन्तराष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको ह्वाइट बोर्ड थान–१, बोर्ड नेम प्लेट र टेवल नेम प्लेट, घरभाँडा सम्झौता पत्र, विभिन्न स्टेसनरीका सामानहरु, फर्निचरका सामानहरु, प्रिन्टर थान–४, कम्प्युटर थान–४, खरिद आदेश प्राप्त भएको कागज, खरिद प्रकृया र बोलपत्रहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका