जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय स्तरका विकास बैंकले पनि वाणिज्य बैंकले जस्तै पुँजीकोष कायम गर्नुपर्ने

राष्ट्रिय स्तरका विकास बैंकले पनि वाणिज्य बैंकले जस्तै पुँजीकोष कायम गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८०/८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले आज शुक्रबार सर्कुलर जारी गरेको हो ।

जस अनुसार अब राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि Capital Adequacy Framework, 2015 अनुसार न्यूनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नु पर्ने छ। पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पुरक पुँजीको योग हो।

वाणिज्य बैंकहरुले भने आ.व २०८०÷८१ देखि Capital Adequacy Framework 2015 मा व्यवस्था भएबमोजिमको Countercyclical Buffer कायम गर्नु पर्नेछ ।

मौद्रिक नीतिमा राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा Capital Adequacy Framework, 2015 अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागु गरिने उल्लेख थियो।

3310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका