जोडिनुहोस
शनिबार, मंसिर २८, २०८२
शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • कस्तो अचम्म रात परेपछि कैदीहरु होटलमा

कस्तो अचम्म रात परेपछि कैदीहरु होटलमा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले १९ चैत २०७४ मा कारागारमा रहेका केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लगिने गरेको खुलासा गरेका थिए । दोहोरी साँझदेखि विभिन्न ठाउँमा घुमाउन लैजाने गरेको रिपोर्ट आएको भन्दै उनले कारागार व्यवस्थापन विभागलाई छानविन गर्न निर्देशन पनि दिए ।

थापाले आफ्नो ८४ बुँदे गृह प्रशासन सुधार योजनामा पनि यो विषयलाई सम्बोधन गरे । तर, विभागले न त कसैलाई कारबाहीको दायरामा ल्यायो न त बादलले संकेत गरेको कैदी को थिए भन्ने नै सार्वजनिक भयो ।

तर, डेढ वर्षपछि बादलको भनाइलाई पुष्टि गर्ने गरी चर्चित सुडान घोटाला प्रकरणमा जेल सजाय भोगिरहेका ठेकदार शम्भु भारती होटलसम्म पुगेको रहस्य सार्वजनिक भएको छ ।

बादलले कारागारको बेथितिबारे बताएका वेला भारती पक्राउ परिसकेका थिएनन् । त्यसैले अन्य कैदीलाई पनि प्रशासन र प्रहरीको मिलेमतोमा कारागारबाट बाहिर लाने गरिएको हुनसक्ने देखिन्छ ।

ठेकदार भारतीलाई कारागार प्रशासनका प्रहरीले उपचार गराइदिने वहानामा ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा पुर्‍याएको खुलेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘अहिले यो विषयमा छानविन भइरहेको छ । प्रहरी सहायक निरीक्षक (असई) प्रकाश ढाँट निलम्बनमा परिसकेका छन् ।’

घटनाको छानविनका लागि ललितपुर प्रहरी परिसर, जावलाखेलले पनि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा छानविन समिति बनाएको छ । कुपण्डोलमा भएको घटनाबारे लतिपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई रिपोर्ट बुझाउन समितिलाई म्याण्डेट दिइएको छ ।

सर्वोच्च अदालतबाट १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला सुनाइएका भारती १३ भदौमा पक्राउ परेका थिए । पक्राउपछि उनलाई फैसाला कार्यान्वयनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिल्लीबजार कारागारमा बुझाएको थियो ।

भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको प्रहरी बन्दोवस्तीको सामानमा अनियमितता भएको भेटिएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार २१ कात्तिकमा हड्डी सम्बन्धी समस्याको उपचारका लागि भन्दै भारतीलाई वीर हस्पिटल भर्ना गर्न डिल्लीबजार कारागारले अनुमति दिएको थियो ।

जसअनुसार असई ढाँट र अर्का एक प्रहरी जवानलाई अस्पतालसम्म लैजाने जिम्मेवारी दिइएको थियो । तर, अस्पतालबाट फर्किने क्रममा डिल्लीबजार कारागार नभइ विपरित दिशातिर भारती र प्रहरी सवार ट्याक्सी मोडियो ।

कुपाण्डोलसम्म पुर्‍याएर भारती छाडिए । त्यसपछि राति नै उनलाई अर्को गाडीमा फर्काइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

‘उपचारका लागि ल्याइएको पूर्जी चाहिँ पहिलेकै ट्याक्सीमै छुटेछ’, ती अधिकृतले सुनाए, ‘ट्याक्सी चालक फर्किएर आउँदा प्रहरी र भारती फर्किसकेकाले उसले होटलको गार्डलाई कागज दिएर गएको देखिन्छ ।’

गार्डले ट्याक्सी चालकको नाम र नम्बर लेखेर कागज बुझेको भेटिएको छ । उनले त्यही वेला होटलमा खटिएका महागनरीय प्रहरी प्रभाग, पुल्चोकका अधिकृतलाई त्यो कागज दिएको बयान दिएका छन् । यसरी कागज प्रहरी कहाँ पुगेपछि भारतीलाई होटलसम्म ल्याएको रहस्य खुलेको देखिएको छ ।

9065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका