जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने, वार्षिक १० प्रतिशत ब्याज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने, वार्षिक १० प्रतिशत ब्याज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो।

बैंकले कुल ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो।

ऋणपत्रमध्ये बैंकले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्ने छ। बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरले विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ।

बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। असार १९ गते बैंकले बोर्डमा निवेदन दिएको हो।

ऋणपत्रको परिपक्‍व अवधि १० वर्षको छ। बैंकको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल छ।

2900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?