जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नयाँ वर्षमा प्रभु क्यापिटलले ल्यायो वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट

नयाँ वर्षमा प्रभु क्यापिटलले ल्यायो वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट

प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवामा खातालाई वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको छ ।

‘नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार’ भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म संचालनमा आउने कम्पनीले जनाएको छ । यो अवधि भित्र डिम्याट खाता खोल्नुहुने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १०० प्रतिशत छुट पाउन सकिनेछ ।

कम्पनीका अनुसार ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । साथै, ३ लाख रुपैयाँ ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका