जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल टेलिभिजनबाट विश्वकपको लाइभ आउने सम्भावना टर्यो

नेपाल टेलिभिजनबाट विश्वकपको लाइभ आउने सम्भावना टर्यो

नेपाल टेलिभिजनबाट विश्वकपको प्रत्यक्ष प्रसारण देखाउँने सम्भावना टरेको छ । नेपाली टेलिभिजनबाट पनि विश्वकप देखाउने विषयमा बिहिबार र शुक्रबार विभिन्न चरणमा छलफल भएपनि मिडिया हबले हिमालयन टेलिभिजनको विकल्पमा नेपाल टेलिभिजनलाई लिन नसकिने जनाएपछि नेपाल टेलिभिजनबाट विश्वकप आउने सम्भावना अन्त्य भएको हो ।

बिहिबार र शुक्रबार नेपाल टेलिभिजनका संचालक समिति सदस्यहरु,  सूचना तथा प्रसारण विभागका महानिर्देशक सहितको टिम, संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरु र मिडिया हबबीच विभिन्न चरणमा सामुहिक तथा एकल छलफल तथा बैठक भएका थिए । छलफलमा नेपाल टेलिभिजनले आफुले पनि विश्वकप देखाउँनको लागि मिडिया हबको लागि प्रस्ताव गरेको थियो।

नेपालमा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार मिडिया हबले पाएको छ । मिडियाहबले हिमालयन टेलिभिजनलाई विश्वकपको लाइभ गर्ने अधिकार दिएको छ । हिमालयन टेलिभिजनसँग सम्झौता भई सम्पूर्ण कार्य समेत भईसकेकोले मिडिया हबले हिमालयन टेलिभिजनको विकल्प हुने गरि अन्य टेलिभिजनलाई प्रसारण अधिकार दिन नसकिने जनाएको थियो ।

तर मिडिया हबले नेपाल टेलिभिजनलाई टेरेसट्रियल विधिबाट प्रसारण गर्ने भए त्यसको अधिकार दिन सकिने जनाएको थियो । टेरेसट्रियल विधिमा टेलिभिजन सिग्नलहरु एन्टिना मार्फत प्रवाह हुन्छ । एन्टिना राखेर प्रसारण गर्ने विधि पुरानो भईसकेकोले अहिले खासै प्रयोगमा नरहेकोले नेपाल टेलिभिजनले मिडिया हबको उक्त प्रस्ताव अस्विकार गरेको हो । यसरी मिडिया हबको प्रस्तावमा नेपाल टेलिभिजन सहमत नभएको र नेपाल टेलिभिजनको प्रस्तावमा मिडिया हब सहमत नभएकोले नेपाल टेलिभिजनबाट विश्वकप देखाउने सम्भावना टरेको हो ।

यस सँगै अब विश्वकप हिमालयन टेलिभिजनबाट मात्र हेर्न सकिने छ । जसको लागि ग्राहकहरुले ५०० रुपैयाँ सेवा शुल्क र ६५ रुपैयाँ कर गरि कुल ५६५ रुपैयाँ तिर्नु पर्ने छ । तर उद्घाटन खेल , सेमिफाइनलका २ खेल र फाइनल खेल भने निशुल्क हेर्न सकिने छ ।

हाल २५ लाख् सेटअप बक्स रहेकोले र ति मध्ये ५० प्रतिशतले मात्र पनि ५६५ तिरेर विश्वकपको प्रसारण हेरेमा ५६ करोड आम्दानी हुने मिडियाहबको अनुमान छ ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका