जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्स २८औं वर्षमा प्रवेश, आगामी दिनमा अझ सरल,सुलभ र आधुनिक बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता

प्रभु इन्स्योरेन्स २८औं वर्षमा प्रवेश, आगामी दिनमा अझ सरल,सुलभ र आधुनिक बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता

प्रभु इन्स्योरेन्स कम्पनी २७औं वर्ष पुरा गरी २८औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा २७ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुरुवात गरेको थियो । कम्पनी स्थापनाको प्रारम्भिक अवस्थामा ५ करोड रुपैयाँ पूँजी सहित स्थापना भएको थियो । आज उक्त ५ करोडको कम्पनी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँको भएको छ ।आजसम्म आइपुग्दा कम्पनी हरेक हिसाबमा शसक्त हुँदै आएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा प्राधिकरण, सरोकारवाला निकायहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । आगामी दिनहरुमा अझ सरल सुलभ, गुणस्तरीयएवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।

एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको यस कम्पनीलाई प्रभु समुहले लगानी गरे पछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स कम्पनी राखिएको थियो । कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ थिए । त्यस्तै पहिलो प्रवन्ध सञ्चालक शैलेन्द्र कुमार श्रेष्ठ थिए ।

कम्पनीले शेयरधनीहरुलाई हरेक वर्ष औषतमा पनि १४/१५ प्रतिशतको हाराहारी प्रतिफल दिदै आएको छ । जसलाई औषतमा राम्रो प्रतिफल मानिन्छ । कम्पनी अझै बलियो र ससक्त हुनका लागि हकप्रद शेयर जारी गर्ने बाटो रोजेको छ । जसका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा ६५ प्रतिशत हकप्रद निष्काशनको लागि आशयपत्र माग गरेको हो । कम्पनीले हकप्रद शेयरमार्फत् कूल ९९ करोड २८ लाख ७२ हजार २१० रुपैयाँ थप पूँजी जुटाएर कूल चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य राखेको छ।

तिनकुने स्थित आफ्नै भवनबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको कम्पनीले आर्थिक वर्ष २०८९/ ८० को असार मसान्तसम्ममा १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोषमा १ करोड ४२ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब माथि रहेको छ । अब कम्पनीको चौथो त्रैमासको वित्तीय रिपोर्टमा यो अझै बृद्धि हुनेछ । पछिल्लो वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ ।

प्रभु समुहको प्रमुख लगानी रहेको प्रभु इन्स्योरेन्सले आजका दिनमा अन्य क्षेत्रमा जस्तै निर्जीवन बीमा व्यवसायमा पनि छुट्टै ब्राण्ड स्थापित गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्सले ६० वटा शाखा तथा उप शाखा कार्यालय मार्फत निर्जीवन बीमाको सुविधा देशको दुरदराजसम्म प्रदान गर्दै आएको छ । हाल कम्पनीले २५५ जनालाई रोजगारी प्रदान गर्दै आइरहेको छ । आगमी दिनमा अझै देशको दुर्गम ठाउँसम्म शाखा विस्तार गरी आम जनतालाई सहज, सरल र प्रविधियुक्त बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका