जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लाकुरीफेदीस्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ट्रिबोन्स रिसोर्ट नेपालमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्ने गरेको छ । बैंकले देशभरका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १६ लाख  भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका