जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • साउनमा वाणिज्य बैंकहरुको खुद नाफा १३ अर्ब १९ करोड

साउनमा वाणिज्य बैंकहरुको खुद नाफा १३ अर्ब १९ करोड

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा २६ वटा वाणिज्य बैंकले १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

पोहोर साउनको तुलनामा बैंकहरुको नाफा शत प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सो अवधिमा वाणिज्य बैंकहरुले कुल ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिकको पहिलो महिना बैंकहरुको औसत नाफा ५० करोड रुपैयाँभन्दा धेरै छ। जसमध्ये नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा मात्र औसतभन्दा माथि देखिन्छ।

सो अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंक हो। नबिलको नाफा भने पोहोरको हो। एक महिनाक नाफा तथ्यांकमा राखिएको छैन।

नबिल बैंकको नाफालाई बाँकीबाट अलग्याउने हो भने २५ वटा वाणिज्य बैंकले कुल ८ अर्ब २२ करोड रुपैया खुद नाफा कमाएको देखिन्छ।

जुन पोहोर साउनभन्दा ३०.३२ प्रतिशत बढी हो। यस्तै, औसत ३३ करोड रुपैयाँको बैंकहरुले नाफा कमाएको देखिन्छ। राष्ट्र बैंकको तथ्यांक अनुसार औसतभन्दा धेरै नाफा कमाउने १० वटा वाणिज्य बैंक छन्।

जसमध्ये चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक हो। बैंकले एक महिनाको अन्तरालमा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

यस्तै, ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिमा एनआइसी एसिया बैंकले ४७ करोड ६४ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्।

चालु आर्थिक वर्षको पहिलो महिना बैंक अफ काठमाडौँको नाफा सबैभन्दा कम छ। बैंकले सो अवधिमा १६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमायो। यस्तै, सेञ्चुरी कमर्सियल बैंकले १७ करोड ३६ लाख रुपैयाँ र सिभिल बैंकले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका