जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १ गतेदेखि स्कुल-कलेजहरु अनिश्चितकालीन बन्द हुने !

१ गतेदेखि स्कुल-कलेजहरु अनिश्चितकालीन बन्द हुने !

देशभरका स्कुल कलेजहरु भदौ १ गतेदेखि अनिश्चितकालीन बन्द हुने भएका छन् । निजी विद्यालय सञ्चालकहरूले भदौ १ गतेदेखि अनिश्चितकालिन स्कुल तथा प्लस टु कलेजहरु बन्दको घोषणा गरेका हुन् ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनले, मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् ।

संसदमा पेश गर्न लागिएको शिक्षा ऐन २०८०को विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् । सरकारले निजी विद्यालयका मागलाई नसमेटेका उनीहरूको गुनासो रहेको छ । आन्दोलन कार्यक्रम अन्तर्गत विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणासमेत गरिएको छ ।

निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो ।

विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर-फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायतका व्यवस्थाप्रति संस्थाले आपत्ति जनाएका छन् ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका