जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नवील बैंकले पायो प्रतिष्ठित एशियन अवार्ड

नवील बैंकले पायो प्रतिष्ठित एशियन अवार्ड

नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ (Tux Asia 2023)मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।

कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।

अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका उपाध्यक्ष सर्गेई पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशकाअन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता थियो ।

हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने ।

यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।

नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरु, कन्ट्याक्टलेस इनेबल्ड पस टर्मिनल्स, देशमा ई–कमर्स कारोबार सहज बनाउन पहिलो 3DS ACS 2.x कम्प्लायन्ट पेमेन्ट गेट्वे लागू गर्ने, र पहिलो पटक क्यास रिसाइक्लर मेसिन बजारमा ल्याएको थियो ।

साथै, नबिल बैंकले ग्रीनपिन र कार्डलेस विथड्रल सर्भिसेज, मोबाइल बैंकिङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड)थप्ने र भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमालोड गर्ने मोबाइल बैंकिङ सेवाजस्ता नवीनतम प्रविधिल्याई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

1615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका