जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्नपूर्ण केबलकार लगायत दर्जनौ कम्पनीहरुको ३ अर्ब भन्दा बढिको आईपीओ पाइपलाईनमा

अन्नपूर्ण केबलकार लगायत दर्जनौ कम्पनीहरुको ३ अर्ब भन्दा बढिको आईपीओ पाइपलाईनमा

प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । विभिन्न एक दर्जन कम्पनीहरु आईपीओ निष्कासन गर्न पाइप लाइनमा छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार अन्न्पूर्ण केबलकार प्रा.लि. लगायत १२ कम्पनीहरूले ३ अर्ब भन्दा बढिको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्काशनका लागि थप प्रक्रिया अघि बढ्ने देखिन्छ । आईपीओका लागि पाइप लाइनमा रहेका कम्पनीहरूमा औषधि उत्पादक कम्पनीदेखि हाइड्रोपावरसम्म रहेका छन् । पाइप लाइनमा रहेको यस्तो कम्पनीमध्ये एक हो, हिमस्टार ऊर्जा कम्पनी । यस कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

अन्नपूर्ण केबलकारले ३० प्रतिशतको आईपीओ जारी गर्न सेवनमा निवेदन दिएको छ भने मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

त्यस्तै, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्कासन गर्नेछ । अन्नपूर्ण केबलकारले ३० प्रतिशतको आईपीओ जारी गर्न सेवनमा निवेदन दिएको छ भने मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । भन्दा फरक पर्दैन । सेबोनका अनुसार आइएमई लिमिटेड १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको पाइप लाइनमा रहेको छ भने दरमखोला हाइड्रोपावरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता रहेको छ । कान्तिपुर टेलिभिजन नेटवर्क पनि सात करोड ५० लाख रुपैयाँ बराबरको ७५ हजार कित्ता आईपीओ ल्याउन सेबोनको पर्खाइमा रहेको छ ।

सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्काशनका लागि थप प्रक्रिया अघि बढ्ने देखिन्छ । आईपीओका लागि पाइप लाइनमा रहेका कम्पनीहरूमा औषधि उत्पादक कम्पनीदेखि हाइड्रोपावरसम्म रहेका छन् ।

रिलायबल स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङबाट आईपीओ ल्याउने भएका छन् । रिलायबल स्पिनिङले सात लाख ७० हजार ६४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता आईपीओ ल्याउने भएका हुन् । साथै एक्वर्ड पाराफार्मासिटिकल्स लिमिटेड ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७० लाख ६ हजार ९०९ कित्ता आईपीओ ल्याउन सेबोनको अनुमतिको पर्खाइमा रहेको छ । त्यस्तै, नेपाल वायर हाउस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता र मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ ल्याउन लागेका छन् । यसका साथै सानिमा हाइड्रोपावर कम्पनी पनि १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न पाइप लाइनमा रहेको सेबोनेले जनाएको छ । भन्दा फरक पर्दैन ।

1890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?