जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गभर्नरको निधन भन्दै सामाजिक सञ्जालमा अफबाह फैलाउने विरुद्ध उजुरी दिँदै राष्ट्र बैंक

गभर्नरको निधन भन्दै सामाजिक सञ्जालमा अफबाह फैलाउने विरुद्ध उजुरी दिँदै राष्ट्र बैंक

बिहीबार दिउँसो सामाजिक सञ्जालमा एउटा अपत्यारिलो अफबाह भाइरल बन्यो । त्यो हो- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाध अधिकारीको सवारी दुर्घटनामा परि निधन भएको भन्ने झुटो कुरा ।

‘सेयर बजारको मनोविज्ञानवेत्ता-बुलबहादुर’ नाम गरेको फेसबुक पेजले यस्तो भ्रमपूर्ण र अमानवीय पोस्ट गरेको हो । एउटा सरकारी नम्बरप्लेट भएको गाडी पल्टिएको फोटोसँगै गभर्नर महाप्रसाद अधिकारीको फोटो राखेर उक्त फेसबुक पेजले उनको निधन भएको अफबाह फैलायो ।

र, उक्त पोस्टमा अधिकांशले हार्दिक श्रद्धान्जली भनेर लेखेका छन् भने केहीले यस्तो अफबाह नफैलाउन चेतावनीसमेत दिएका छन् ।

सेयर बजारका बारेमा सकारात्मक मात्रै पोस्ट गर्दै आएको उक्त फेसबुक पेजमा ‘ज्यूँदो मान्छेलाई मरेको भनेर पोस्ट’ गर्दा पनि प्रहरीले भने खासै चासो देखाएका छैन । यदि, प्रहरीले चासो देखाएको हुन्थ्यो त यस्तो पोस्ट गर्ने मान्छे पक्राउ परिसकेको हुने थियो । वा, अहिलेसम्म उक्त पोस्ट डिलिट भइसकेको हुन्थ्यो ।

अफबाहपूर्ण पोस्ट
कामको सिलसिलामा गभर्नर महाप्रसाद अधिकारी भारतमा छन् । डेपुटी गभर्नर बमबहादुर मिश्र चीनमा छन् । गभर्नर देशबाहिर भएको मौका छोेपेर उनको निधन भएको अफबाह सामाजिक सञ्जालमा फैलाइएको छ ।

आफ्नो निधनको अफबाह सुनेर चकित भएको गभर्नर अधिकारीले प्रतिक्रिया दिए ।

‘म देशबाहिर भएको मौका छोपेर मेरो निधन भएको भन्दै केही फेसबुक पेजमा अफबाह फैलाइएछ,’ भारतको दिल्लीबाट टेलिफोनमा कुरा गर्दै गभर्नर अधिकारीले भने, ‘हामी कानूनी उपचार खोज्छौं ।’

राष्ट्र बैंकको जनसम्पर्क महाशाखाले यसबारे अध्ययन गरिरहेको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

‘हामी कानूनी उपचारमा जाने तयारी गरिरहेका छौं, सायद आइतबारसम्ममा साइबर ब्यूरोमा उजुरी दिन्छौं,’ भट्टले भने ।

ज्यूँदो मान्छेलाई मरेको भनेर प्रचार गर्नु हदैसम्मको अपराध हो । सामाजिक सञ्जालमा यस्तो पोस्ट गर्ने र श्रद्धाञ्जली भनेर कमेन्ट गर्ने दुबैलाई साइबर अपराधसम्बन्धी कानून आकर्षित हुने जानकारहरु बताउँछन् ।

कतिपय सेयर बजारका लगानीकर्ताहरुलाई राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजार घटेको भन्ने लागेको छ । राष्ट्र बैंकले सर्वसाधारणले बैंकमा राखेको निक्षेप सुरक्षित राख्न ऋणमा केही कडा नीति अबलम्बन गरेको छ । जसकारण विगतमा क्षमताभन्दा बढी ऋण लिएका वा बैंकबाट लिएको ऋणको दुरुपयोग गर्नेहरु संगठितरुपमा राष्ट्र बैंक र गभर्नरविरुद्ध लागेका छन्। यसले राष्ट्र बैंकका अधिकारीहरुको सुरक्षा चुनौति थपिँदै गएको छ ।

आलोचना वा विरोध गर्न पाउन स्वाभाविक भए पनि ज्यूँदो मान्छेलाई मरेको भनेर प्रचार गर्नु अस्वाभाविक मात्रै होइन, अमानवीय र अपराध हो । त्यसैले, यस्तो अफबाह फैलाउनेलाई तत्कालै कारबाही नहुने हो भने सामाजिक सञ्जालको अराजकता अझै बढ्ने निश्चित छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढिरहेको छ । चाहे धरानका मेयर हर्क साम्पाङका पोस्टहरु हुन् वा काठमाडौंका मेयर बालेन शाहका उनीहरुले आफूलाई चित्त बुझेन भने सामाजिक सदभाव भड्काउने अराजक पोस्टहरु गर्दा कारबाही नभएपछि अन्यको पनि मनोवल बढेको अनुमान गर्न सकिन्छ । त्यसको उदाहारण हो गत शनिबार राति बालेन शाहको ‘सिंहदरबार जलाइदिने’ धम्कीपूर्ण पोस्ट ।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका