जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको नाफा करिब ३ अर्ब

एनआईसी एशिया बैंकको नाफा करिब ३ अर्ब

एनआईसी एशिया बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ  आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनाभन्दा १४५ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९२ करोड ७९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले रिटर्न अर्निङ्ग १ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ र जगेडामा ४ अर्ब ५ करोड ७५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकले निक्षेपमा १ खर्ब ५४ अर्ब १३ करोड ५१ लाख रुपैयाँ संकलन गरि कर्जामा १ खर्ब ४१ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा २२ दशमलव ६० प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी सय प्रतिशतले बढेर ५ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४८ प्रतिशतले बढेर ३ अर्ब २२ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद व्याज आम्दानी तथा संचालन मुनाफामा अत्याधिक बढेको हुँदा नाफा पनि बढेको हो ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३४ दशमलव ३६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६१ दशमलव ७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव ६४ गुणा, आधार ब्याजदर ९ दशमलव ३० प्रतिशत र कोषको लागत ७ दशमलव ०९ प्रतिशत रहेको छ ।

7570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका