जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • आइएमईबाट रेमिटान्स पठाउनेले भाग्यमानीले एककरोड पाउने, प्रत्येक महिना एकजनालाई रु. १ लाख उपहार

आइएमईबाट रेमिटान्स पठाउनेले भाग्यमानीले एककरोड पाउने, प्रत्येक महिना एकजनालाई रु. १ लाख उपहार

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यममार्फत पठाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ,करोडपति बनौ’ योजना सार्वजनिक गरेको छ ।

आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन् । योसँगै प्रत्येक महिना एकजनाले १ लाख नगद रुपैयाँ पाउने छन् ।

यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।

आइएमई गरी ‘आइएमई पे’ वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउनेछन् ।

यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागू हुने कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् ।

साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका