जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त हुने भएका छन्। शुक्रबार बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

करिव २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठ स्थापनाकालदेखि नै बैंकमा आवद्ध रहेको उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चारलाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

7500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका