जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा मंसिर १९ गते

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा मंसिर १९ गते

 प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कार्तिक २३ गते विहान बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा दिनको २ बजे गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गर्ने भएको छ ।

6760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?