जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंक र मल्पी इन्टरनेसनल कलेजबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेसनल कलेजबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता

कामना सेवा विकास बैंकले चक्रपथस्थित मल्पी इन्टरनेसनल कलेजसँग शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। बैंक र कलेजबीच शुक्रबार उक्त सम्झौता भएको हो।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट हुनेछ। त्यस्तै बैंकका ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट हुने बैंकले जानकारी दिएको छ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यसबाट बैंकमा आबद्ध सबैले लाभ लिने बैंकले विश्‍वास लिएको छ।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?