जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको साधारण सभा सम्पन्न

प्रभु बैंकको साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा सम्पन्न १७औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७४÷७५ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

बैंकको १७औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७४÷७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । आज सम्पन्न १७औं वार्षिक साधारणसभाले संस्थापक समूह तर्पm कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूह तर्पm कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्पm ५५ प्रतिशत र सर्वसाधारण समूह तर्पm ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

आज सम्पन्न वार्षिक साधारण सभाले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे बमोजिम अब प्रभु बैंक लि.को जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन तथा १६५ शाखा कार्यालय सहित देशभर पैmलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका