जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ। आइतबारदेखि दशैं शुरू भइसक्दा नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिन लागेको हो ।

यसपालि दशैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ। राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँसम्म साट्न पाउने सुविधा दिएको छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्। विगतका दशैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। योसँगै वाणिज्य बैंकहरुले तोकेको नजिकको शाखा कार्यालयमार्फत पनि नयाँ नोट साट्न सकिनेछ।

यसैगरी काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखामार्फत नयाँ नोट साट्न सकिनेछ।
यसपालि पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्। यसपालि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआरको पनि सुविधा उलब्ध गराइएको छ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?