जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, सबैभन्दा बढी पन्जाब नेशनल बैंकको

यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, सबैभन्दा बढी पन्जाब नेशनल बैंकको

एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतीय बैंक सहित ६ व्यक्ति र एक प्रा.लिको रहेको छ ।

बैंकका अनुसार सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.७७ प्रतिशत अर्थात १ करोड ५८ लाख ६ हजार १११ कित्ता रहेको छ । यस्तै बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात ९८ लाख २१ हजार ५५१ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २० लाख १२ हजार ५८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात १० लाख ११ हजार ७२ कित्ता र होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात ९९ लाख ५४ हजार ३३६ कित्ता सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको भने ४०.८३ प्रतिशत अर्थात ४ करोड ३६ लाख ८१ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका