जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको खुद नाफा १ अर्ब १ करोड

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको खुद नाफा १ अर्ब १ करोड

एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४२.४९ प्रतिशत घटेर १ अर्ब १ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोजसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख ४२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १४.६१ प्रतिशत घटेर १५ अर्ब २२ करोड २७ लाख रुपैयाँ, निक्षेप संकलन १६.७९ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ६४ करोड रुपैयाँ र कर्जा १२.३५ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३२.५३ रुपैयाँ घटेर २७.०९ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८०.८९ प्रतिशत र आधारदर १०.५६ प्रतिशत रहेको छ ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका