जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा लाइफको आइपीओ बाँडफाँड, कति जनालाई शेयर पर्यो

सानिमा लाइफको आइपीओ बाँडफाँड, कति जनालाई शेयर पर्यो

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो । १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथा मार्फत शेयर पाएका छन् ।

सानिमा आईपीओमा २४ लाख १९ हजार ८४८ बढीले आवेदन दिएका थिए । २३ लाख ८ हजार १२२ आवेदक योग्य थिए ।  एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।

तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

4565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?