जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुबईबाट आइफोन, सुन र ल्यापटप ल्याउन रोक लगाउनुपर्छः सुमन पोख्रेल

दुबईबाट आइफोन, सुन र ल्यापटप ल्याउन रोक लगाउनुपर्छः सुमन पोख्रेल

आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन पोख्रेलले दुबईबाट आइफोन, ल्यापटप र सुन आयात रोक्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोख्रेलले पछिल्लो समय रेमिट्यान्स घटेको भन्दै त्यस्ता वस्तुको आयातमा रोक लगाउनुपर्ने बताए ।

उनले अहिले विदेश जानेको संख्या बढेको भए पनि रेमिट्यान्स घट्दो क्रममा रहेको बताए ।

‘अहिले पनि १३ देखि १४ अर्ब डलर रेमिट्यान्स आउने बजार छ तर रेमिट्यान्स आइरहेको छैन,’ उनले भने, ‘बैंकले रेमिट्यान्स नल्याउने हो भने रेमिट कम्पनी बन्द हुन्छन् ।’

विदेशबाट विलासी वस्तुको आयात बढेका कारण रेमिट्यान्स घटेको उनको भनाइ छ ।

3230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?