जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • इसेवा १५औं वर्षमा प्रवेश, डिजिटल अर्थतन्त्र निर्माणमा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता

इसेवा १५औं वर्षमा प्रवेश, डिजिटल अर्थतन्त्र निर्माणमा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता

भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘हामी जहिलेपनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ।

कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले आफ्नो वार्षिकउत्सवमा सार्बजनिक गरेका अफरहरूका विषयमा जानकारी गराएका थिए । १४औँ वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा रू १४० क्यासब्याक पाइनेछ ।

यसैगरी, बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।

साथै, १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु नि:शुल्क प्राप्त गर्न सकिनेछ । यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाईल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।

यसैगरी, ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । साथै , इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकारी गराउने इसेवाको भनाई रहेको  छ ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको दावी गरेको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

1950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?