जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नबिल बैंकले काठमडौंमा घरजग्गा बेच्दै

नबिल बैंकले काठमडौंमा घरजग्गा बेच्दै

नबिल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो ।

बैंकको नाममा काठमाडौं महानगरपालिका २८ कमलादी अर्थात् काठमाडौं प्लाज स्थित २ वटा कित्ता घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले कित्ता नम्बर १५०६ र १०५९ को क्रमशः ६३.५८ र ५८६.२४ वर्गमीटर गरी कूल ६४९.८२ वर्गमीटर अर्थात् १–४–१–३ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने बताएको छ ।

बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका