जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कुमारी बैंकले दियो ८ करोड बराबरको बीमा रकम, सहरका साथै ग्रामीण भू-भागमा लोकप्रियता बढ्दो

कुमारी बैंकले दियो ८ करोड बराबरको बीमा रकम, सहरका साथै ग्रामीण भू-भागमा लोकप्रियता बढ्दो

कुमारी बैंकले हालसम्म आफ्ना ४ हजार ५०० ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ । 

कम्पनीले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच(ओपीडी) अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीमार्फत् सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ । 

कम्पनीको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये कम्पनीले अस्पताल भर्ना बीमा वापत सर्वाधिक ५४ प्रतिशत रकम  भुक्तानी गरेको छ ।  

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ अत्याधिक लोकप्रिय रहेको छ । 

कम्पनीले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईहरु मार्फत ग्राहकलाई विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?