जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकहरुमाथि मिटरब्याजीजस्तो बनेको ओलीको आरोप, ‘ब्याजदर एकतर्फी बढाउन पाईंदैन’

बैंकहरुमाथि मिटरब्याजीजस्तो बनेको ओलीको आरोप, ‘ब्याजदर एकतर्फी बढाउन पाईंदैन’

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि मिटरब्याजीजस्तो बनेको आरोप लगाएका छन्।
उनले पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियामा आफूखुशी ऋणको ब्याजदर बढाएर बैंकहरु मिटरब्याजीजस्तो बनेको आरोप लगाएका हुन्। ‘बैंकले निर्मम साहुजी र मिटरब्याजी तरिका होइन विकासका लागि सहयोगी संस्थाका रुपमा काम गर्नुपर्छ,’ उनले भने।

बैंकहरुले ऋणको ब्याजदर घटबढ गर्दा ऋणीको सहमति चाहिने व्यवस्था गर्नुपर्ने बताए। ‘ बैंकले एकतर्फी रुपमा बढाउने प्रावधान नै खारेज हुनुपर्छ,’ उनले भने, ‘ऋण दिंदा बैंकले ब्याजदर घटबढ गर्न सक्नेछ लेख्या हुन्छ। घट त लेख्या मात्र हो। कहिल्यै हुँदैन। त्यसैले बढ एकलौटी गर्न नपाउने व्यवस्था चाहिन्छ।’

ओलीले ऋणीकै कारण बैंकहरु चलेको भन्दै अप्ठेरोमा परेका ऋणीलाई सहयोग गर्नु बैंकको जिम्मेवारी भएको बताए। बैंकले ऋणीको महत्व नै नबुझेको आरोप लगाए।

‘डिपोजिटकर्जा र ऋणीले बैंक चलाइदिएका हुन्। लोन लिइदिए नै बैंक चल्छ। कसैले पनि ऋण नलिए त डिपोजिटरको ब्याज तिरिरहन सक्दैनन् नि,’ उनले भने, ‘व्यवसायी अप्ठेरोमा परेका बेला बैंकले सहयोग गर्नुपर्छ। डुब्न लागे थप ऋण दिएर उठाउनुपर्छ। अप्ठेरोमा परे धकेलेर लिलामीतिर लाग्ने तरिका उपयुक्त होइन।’

उनले अहिलेको आर्थिक संकटमा बैंकले ऋणको ब्याजदर घटाउनुपर्ने बताए। साथै व्यवसाय अप्ठेरोमा परेकाहरुलाई ऋण तिर्न थप समय दिनुपर्ने उनको भनाइ छ।

‘अहिलेको रेमेडी भनेको ऋणको ब्याजदर सिंगल डिजिटमा ल्याउनुपर्छ। र रिस्ट्रक्चर नै गर्नुपर्छ। ऋणीलाई म्याद थप्नुपर्छ,’ उनले भने, ‘बैंकले ऋणीसँगको सम्बन्ध तनावपूर्ण होइन सुमधुर बनाउनुपर्छ।’

815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?