नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ ।
सो सेवाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरेका छन् । कम्पनीले यसअघि अर्थात् भदौ २० गतेबाट नै कारोबार सुरु गरेता पनि आजबाट औपचारिक रुपमा सेवा उद्घाटन गरेको हो ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश देबकोटाले मार्जिन कारोबार अझ सरल बनाउने बताउँदै चाँडै नै सेयर मार्जिन सेवा पनि सुरु गर्ने जानकारी दिए ।
सो अवसरमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना,नेपाल धितोपत्र बोर्डका पूर्व उपकार्यकारी निर्देशक निरज गिरी लगायतको सहभागिता थियो ।
कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेन्डि, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) लगायतका सेवा प्रदान गर्ने छ ।
उक्त कम्पनी नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको छ। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट ब्रोकर नं ७७ सदस्यता पाएको छ भने धितोपत्र बोर्डबाट स्टक डिलरसहित ब्रोकर लाइसेन्स पाएको छ ।