जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • प्रभू महालक्ष्मी लाइफद्वारा १७% हकप्रद सेयर निश्कासनको निर्णय

प्रभू महालक्ष्मी लाइफद्वारा १७% हकप्रद सेयर निश्कासनको निर्णय

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

पुस १ गते साँझ ५ बजे बसेको सो कम्पनीको बोर्ड बैठकले बीमा प्राधिकरणबाट तोकिएको चुक्तापूँजीको न्यूनतम सीमासम्म पुग्न हाल कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने भनेको छ । यही सीमालाई भेट्न कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो । 

प्रस्तावित हकप्रद बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि निश्कासन हुनेछ ।

910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका