जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकको ‘नबिल इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक, एक घण्टाभित्रै कर्जा पाइने

नबिल बैंकको ‘नबिल इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक, एक घण्टाभित्रै कर्जा पाइने

नबिल बैंक लिमिटेडले ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । आफूलाई आवश्यक पर्दा विना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी यो ऋण योजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ ।

आवेदन दिएदेखि ऋण प्राप्तीसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।

त्यस्तै सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जनाएको छ ।

तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने बैंकले जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ भने उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगञ्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट कर्जा उपलब्ध हुनेछ ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका