जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बढ्दै वित्तीय अपराधका घटना, आर्थिक कसुर हेर्ने छुट्टै ब्यूरो स्थापना गर्ने तयारी

बढ्दै वित्तीय अपराधका घटना, आर्थिक कसुर हेर्ने छुट्टै ब्यूरो स्थापना गर्ने तयारी

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बैंकिङ कसुर र वित्तीय अपराधका घटनामा उल्लेख्य वृद्धि भएको बताएका छन्। त्यस्ता घटनाको अनुसन्धानका लागि छुट्टै ब्यूरो स्थापना गर्न लागिएको उनले बताए।

पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिएका हुन्।

‘पछिल्लो समय बैंकिङ कसुर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन्। गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ’, कुँवरले भने, ‘आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पुर्‍याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ।’

उनले त्यसक्रममा समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुर्व्यसनी, सामाजिक कसुरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे। साथै, लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको पनि बताए।

‘प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ। यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौं,’ उनले भने।

उनले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेकोसमेत बताए। कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिए।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका