जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • प्रोजेक्ट बैंकबाट नछानिएका आयोजनालाई बजेट नदिइने

प्रोजेक्ट बैंकबाट नछानिएका आयोजनालाई बजेट नदिइने

प्रोजेक्ट बैंकबाट नछानिएका आयोजनामा बजेट विनियोजन नगरिने भएको छ। सकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट यस्ता आयोजनालाई विनियोजन नहुने बताएकी हुन्।

सरकारले तयारी नभएका आयोजना बजेटले समेट्दा बजेट खर्च नहुने समस्या भएपछि प्रोजेक्ट बैंकको अवधारणा ल्याएको थियो। यद्यपि बैंकको अवधारणा प्रभावकारी बन्न सकेको छैन। 

बैंकको अवधारणा अनुसार कुनै पनि आयोजना बैंकमा समाहित हुनका लागि सबै तयारी पुरा हुनु पर्नेछ। आयोजना तयारीका हिसाबले नै योजनालाई बैंकले ग्रेडमा विभाजन गर्नेछ। यसैका आधारमा आयोजनामा बजेट विनियोजन हुनेछ। 

संघ, प्रदेश र स्थानीय तहले नै प्रजेक्ट बैंकमा आयोजना पेश गर्नुपर्नेछ। मन्त्री तथा सासंदले शक्तिका आधारमा आयोजना थप्दै जाँदा कयौं योजनाहरु अलपत्र बनेका छन्। 

योपटक केन्द्र सरकारले रुपान्तरणकारी योजना र राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य खुद्रा तथा तुलनात्मक रुपमा साना आयोजनाहरु प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ। 

6105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर