जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलको साधारणसभा सम्पन्न, बन्दमुखी तथा खुल्लामुखी योजनाहरु सञ्चालन गर्ने लक्ष्य

गरिमा क्यापिटलको साधारणसभा सम्पन्न, बन्दमुखी तथा खुल्लामुखी योजनाहरु सञ्चालन गर्ने लक्ष्य

गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयले आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।
साथै कम्पनीले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने योजना समेत बनाएको बताएको छ ।

कम्पनीका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराीईले बताएका छन् ।

कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका