जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • इसेवा मनी ट्रान्सफर र बेलायतको टेङ्गो पेबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र बेलायतको टेङ्गो पेबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा दिँदै आएको टेङ्गो पेबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

सम्झौतासँगै बेलायतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने इसेवाले इसेवा मनी ट्रान्सफरले जनाएको छ। 

रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिने बताइएको छ। टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको तीन महिनासम्म कुनै शुल्क नलाग्ने पनि कम्पनीले जनाएको छ। 

विदेशबाट टेङ्गोपेमार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै पाउन सकिने बताइएको छ। त्यस्तै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न समेत सकिने कम्पनीले जनाएको छ। 

रेमिट्यान्ससम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीइओ अजेस कोइराला र टेङ्गोपेको तर्फबाट निर्देशक बसीर संगर्वालले हस्ताक्षर गरेका छन्। 

‘बेलायतमा नेपालीहरुको प्रभुत्व एकदमै ठूलो मात्रामा छ। इसेवा मनी ट्रान्सफर र टेङ्गोपेको रेमिट्यान्स भुक्तानी सम्झौताले धेरै नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउँन एक नयाँ माध्यम थपिएको छ। यसबाट सहजै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले पनि धेरै नेपालीले यस माध्यमको प्रयोग गर्ने कुरामा हामी विश्वस्त छौं,’ इसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले भने। 

3145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका