जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।

नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ ।

यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोससँगको सहकार्यमा विकास गरेको हो ।

कम्पनीका अनुसार यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्ममार्फत् अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीहरुको निमित्त ग्राहकमार्फत् भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहज रूपमा कार्डमार्फत् अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधाले देशमा ई-कमर्स कारोबार बढ्ने विश्वास कम्पनीले लिएको छ ।

530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका