

माछापुच्छ्रे बैंक लिमिटेडको १ करोड कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।
बैंकको १ करोड १२ लाख ३२ हजार ४९४ कित्ता संस्थापक सेयर आज(माघ ५ गते) देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था,फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलमा आईपुग्ने गरी आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरि बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकिएको छ ।
सेयर बोलकबोलका लागि आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्या खरिदका लागि आवेदन पेश गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले माघ १५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।