जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनएमबि बैंकले ल्यायो नयाँ बचत योजना, यस्ता छन् विषेशता

एनएमबि बैंकले ल्यायो नयाँ बचत योजना, यस्ता छन् विषेशता

एनएमबि बैंकले नयाँ बचत योजना ल्याएको छ । बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै बिषेश सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् योजना ल्याएको हो ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्स सेवा प्रदान गर्ने जनाएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंक जानकारी दिएको छ ।

हालसम्म बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

3610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका