जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हुण्डी कारोबार गरेको भन्दै दुर्गा प्रसाईंका भाई युवराज र बौद्ध बस्ने विश्वास राई पक्राउ

हुण्डी कारोबार गरेको भन्दै दुर्गा प्रसाईंका भाई युवराज र बौद्ध बस्ने विश्वास राई पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाटै २ जनालाई पक्राउ गरेको छ । काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने विश्वास राई छन् । प्रसाईं नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंका भाई हुन् । उनको अनामनगर रुद्रमती पुल छेउमै घर छ । खोलाको जग्गा मिचेको भन्दै उनको घर भत्काउनु पर्ने माग उठेको थियो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका